युथ फोर्सद्वारा छडके

Posted on
  • Oct 19, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, ३ कात्तिक/ नेकपा एमालेको भातृ संगठन युथ फोर्सले वीरगंज उपमहानगरपालिकामा छडके चेकजांच गर्दा अधिकांश कर्मचारीहरु अनुपस्थित रहेको जनाएको छ ।
    आज युथ फोर्स, पर्सर्ाा कमान्डर अजय कुशवाहाको नेतृत्वमा गएको छडकेले चेकजांच गर्दा वीउमनपाका अधिकांश कर्मचारीहरु दशैमा मनाएर हालसम्म पनि कार्यालयमा नआएको फोर्सका सदस्य वीरेन्द्र भट्टराइले जनाएको छ।

    मजदुरद्वारा ज्योति स्पिनिङमा धर्ना

    वीरगंज, ३ कात्तिक/ ज्योति स्पिनिङ प्रालिमा व्यवस्थापन पक्ष्ँले तालाबन्दी गरेको विरोधमा सो कारखानामा कार्यरत मजदुरहरुले तीन दिनदेखि धर्ना दिइरहेका छन् ।
    आज पर्साको परवानीपुरस्थित ज्योति स्पिनिङको मूख्य गेटमा मजदुरहरुले धर्ना दिइरहेका हुन् । मजदुरहरुले कारखानामा दैनिक १८ देखि २४ टन धागो उत्पादन हुंदै आएको प्रमाण देखाउंदै संचालक डा. रुप ज्योतिले कारखाना खारेज गरेर प्राइभेट बनाउने षडयन्त्र गरिरहेको आरोप लगाएका छन् ।
    उता बढ्दो लोडसेडिङ, कच्चापदार्थमा भएको मूल्यवृद्धि र शेयर होल्डरले कारखाना संचालनमा असहयोग गरेको हुदा कारखाना घाटामा गएको बताउदै व्यवस्थापन पक्षले गत असोज १० गतेदेखि सो कारखानामा उत्पादन कार्य बन्द गरिएको थियो भने असोज २० गते विधिवतरुपमा तालाबन्दी गरिएको व्यवस्थापकले जनाएको छ ।
    विस २०४८ साल चैत १५ गते एक सय बिघामा स्थापना गरिएको ज्योति स्पिनिङमा करिब २ अर्बभन्दा बढी मूल्यका जर्मन, इटाली, स्वीटजरल्याण्डबाट आयातित अत्याधुनिक मेसिनहरु रहेका छन् । ज्योति स्पिनिङमा उत्पादित धागोहरु नेपालबाहेक भारत, बंगलादेश तथा श्रीलंकासम्म निर्यात हुंदै आइरहेको छ ।

    0 comments: