वीरगंज, ४ कार्तिक/ छठ पर्वपछि पर्सर्ााजल्लामा अवैध रूपमा गरिएको गांजा खेती सम्पर्ूण्ा फडानी गर्ने अभियान जारी गर्ने कुरा अञ्चल प्रहरी कार्यालय, नारायणीका वरिष्ठ प्रहरी उपरीक्षक टोपेन्द्र ध्वज हमालले बताउनुभयो ।
समाचार स्रोतबाट हुन आएको जानकारी अनुसार पर्सर्ााजल्लाको विरूवागुठी, गम्हरिया, ठोरी, निर्मलवस्ती, सुवर्ण्र्ाार, पचगावा श्रीपुर, मनियारी, बगवन्नालगायत गाविसमा एक हजार विघाभन्दा बढीमा सरकारले प्रतिबन्ध लगाएको गांजा खेती अवैधरूपमा गरिएको छ ।
भदौ महिनामा रोपिएको गांजा बढेर २ फिट अग्लो भइ खेतमा लहलहाएको छ । गांजा खेती गर्ने कृषकहरूबाट धुरको २०० रूपियां संकलन गरी गांजाका माफिया, तस्कर, दलालहरूले स्थानीय प्रहरी चौकीका इन्चार्जहरूलाई बुझाइ सकेको पनि चर्चामा आएको छ ।
पर्सर्ााजल्लाको मनवा र पशुपतिनगरको उत्तर बगवन्नातर्फको वन क्षेत्र फडानी गरी अन्दाजी १५ सय विघामा लगाएको गांजा खेती कार्तिक १ गते नष्ट गरिएको प्रमुख जिल्ला वन अधिकृत शम्भु चौरसियाले बताउनुभएको छ।
पर्सर्ााजल्लाको विभिन्न स्थानको वन क्षेत्र फडानी गरी गांजा खेती गरिएको जानकारीमा आएकोले सशस्त्र प्रहरी र जनपथ प्रहरीको सहयोग लिएर अवैध गांजा खेती छिट्टै नष्ट गर्ने वन अधिकृत चौरसियाले बताउनुभयो ।
जग्गाको लालपर्ूजा हेरेर अवैध गांजा खेती गर्ने कृषकहरूलाई गिरफ्तार गरी कानुन बमोजिम कारबाही गर्ने कुरा एक प्रहरी अधिकृतले बताएका छन् ।
Subscribe to:
Post Comments (Atom)
1 comments:
आफैँ खानलाई होला !!!!!
Post a Comment