वीरगंज, ३ कात्तिक/ सिन्तेज एमएम ट्रफी राष्ट्रिय ट्वान्टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको पहिलो खेलमा भैरहवा ३२ रनले विजयी भएको छ ।
आज वीरगंजको नारायणी रंगशाला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको भैरहवाले २० ओभरमा ७ विकेट गुमाउदै १२१ रन जोड्न सफल भएको थियो ।
र्सवाधिक रन बटुल्नेहरुमा अन्तिम थापा २९ बल २४ रन, दिपेन लामगाडे ३१ बल २१ रन, सागर खड्का, १७ बल २१ रन -नटआउट) भएका थिए ।
त्यसैगरी विराटनगरले २० ओभरमा ९ विकेट गुमाउदै ८९ रन पूरा गरेको थियो । विराटनगरका पवन दासले ३० बलमा २५ रन -नटआउट), महबुब आलमले २० बलमा १९ रन बटुलेका थिए ।
विराटनगरका महबुब आलमले २ विकेट, मन्जित श्रेष्ठ, राजकुमार प्रधान र अजय राजवंशीले १/१ विकेट लिएका थिए । भैरहवाका लालबहादुर अधिकारीले ३ विकेट , राहुल विकले २ विकेट, विजय थापा र सागर खड्काले १/१ विकेट लिएका थिए ।
आजको पहिलो खेलका म्यान अफ दि म्याच लालबहादुर अधिकारी घोषणा भएका छन् ।
दोस्रो खेल काठमाडौं र बैतडीबीच भइरहेको छ ।
नारायणी वाङमय प्रतिष्ठानमा गौतम
वीरगंज, ३ कात्तिक/ नारायणी अंचलको जेठो साहित्यिक संसथा नारायणी वाङमय प्रतिष्ठान, वीरगंजको अध्यक्षमार् इश्वरचन्द्र गौतम चयन हुनुभएको छ ।
पुनःगठित कार्यसमितिको उपाध्यक्षमा केशव प्रधान, महासचिवमा डा. विश्वम्भर शर्मा, कोषध्यक्षमा र्सर्ुशन शाक्य र सचिवमा मनोज उपध्याय तथा रमेश गोर्खाली, डा. सरस्वती नेपली, शंकर आचार्य, जेपी चतर्ुर्वेदी र लक्ष्मी शाक्य रहनुभएको छ ।
त्यसैगरी सल्लाहकारहरुमा डा. धु्रवचन्द्र गौतम र भीम बिराग रहनुभएको छ । प्रतिष्ठानका उपाध्यक्ष केशव प्रधानको अध्यक्षतामा बसेको बैठकले सो निर्ण्र्ाागरेको हो ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment