घुस लिएको आरोपमा वीरगंज भंसारमा खटेका सुरक्ष्ँाकर्मीमाथि कारबाइ

Posted on
  • Oct 18, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, २ कात्तिक/ वीरगंज भंसारमा खटेका २ सशस्त्र प्रहरी र जनपथका २ प्रहरी घुस लिएको अभियोगमा निलम्बित भएका छन् भने इनर्वा प्रहरी चौकीका पूरै सेटलाई जिल्ला प्रहरी कार्यालय, पर्सर्ाा झिकाइएको छ ।
    आज सशस्त्र प्रहरी बल रुद्रबाहिनी पथलैयाका बाहिनीपति नायब प्रहरी महानिरीक्ष्ँक शैलेन्द्र श्रेष्ठको आदेशमा चार सशस्त्र प्रहरीमाथि कारबाइ गरिएको हो । कारबाइमा परेकाहरु सशस्त्र प्रहरी बल राजस्व एवं भंसार सुरक्ष्ँा वेस वीरगंज भंसारमा कार्यरत असइ गोविन्द गोसाइ, हवल्दार त्रय पुरुषोत्तम नेपाल, शेरबहादुर क्षत्री र संजय प्रधानलाई तत्काल निलम्बन गरी डिएसपी सुवेदीको नेतृत्वमा रहेको सम्पर्ूण्ा प्रहरी टोलीलाई मुख्यालयमा फिर्ता बोलाइएको छ ।
    बीरगंज भन्सारमा घुस लिएको समाचार र दृश्य एभिन्यूज टेलिभिजनले खबर भित्रको खबरमा प्रशारण्ँ गरेपछि रुद्रबाहिनी गण्ँले कारबाइ गरेको हो ।
    श्रेष्ठले सशस्त्र प्रहरी बलमा भएका यस्ता कार्य रोक्न सबैतर्फनिर्देशन समेत गरिएको जानकारी पनि दिएका छन् ।
    जिल्ला प्रहरी कार्यालय, पर्सर्ाा इन्स्पेक्टर केपी शर्माले तत्काल निलम्बन हुनेमा प्रह अनिश्मा राना मगरलगायत दुइजना भएको र इनर्वा प्रहरी चौकीमा कार्यरत २५ जना प्रहरी सबैलाई ज्रि्रका पर्सर्ाा आवश्यक कारबाहीका लागि फिर्ता बोलाएको बताए ।
    उक्त घुस प्रकरणको छानबिन गर्न अंचल प्रहरी कार्यालय नगरपालिका एसएसपी टोपेन्द्रध्वज हमालको अध्यक्ष्ँतामा जा“चबुझ टोली गठन गरिएको जानकारी हुन आएको छ । इनर्वा प्रहरी चौकीका इन्चार्ज सइ डम्बर थापालाई भने कारबाही गरिएको छैन ।
    वीरगंज भंसारमा खटिएका सशस्त्र प्रहरी र भंसार कर्मचारीले व्यापकरुपमा पोके तस्करलगायत अन्य र्सवसाधारणहरुसंग घुस रकम असूलेर मात्र छाडने गरेको परम्परा नैं बसिसकेको छ ।

    घुस लिएर तामा पित्तलको छाइ छाडियो

    महेशचन्द्र गौतम
    वीरगंज, २ कार्तिक/ नेपालबाट भारततर्फ तस्करीको माध्यमबाट जांदै गरेको अवैध तामा पित्तलको धुलो घुमुवा प्रहरीले ६० हजार घुस असूलेर छाडेका छन् ।
    हिजो राति जिल्ला प्रहरी कार्यालय, पर्सर्ाा घुमुवा प्रहरी अरविन्द यादवले वीरगंजबाट तस्करीको माध्यमबाट भारततर्फ १४ बोरा तामा पित्तलको धुलो -छाइ) लोड रहेको टेम्पोलाई रोकी ६० हजार रकम असूल गरी छाडेको कुरा खुल्न आएको हो ।
    भारतीय कारोबारी पण्डितको रहेको सो छाइ ओसार्ने कार्यमा संजय नाम गरेका क्यारियरले छाइको बोराभित्र पित्तल, तामाको टुक्रा लुकाइ लान लागेको सुराकी पाएपश्चात घुमुवा प्रहरी यादवले भंसार इनर्वा प्रहरीको बीच बाटोमा सो टेम्पोलाई रोकी क्यारियर माध्यम उक्त रकम असूल गरेपश्चात मात्रै सो टेम्पो छाडेको भरपर्दो स्रोतले जनाएको छ ।

    0 comments: