बम विस्फोट

Posted on
  • May 21, 2008
  • by
  • mukesh
  • in
  • मुकेश वस्नेत वीरगंज / वीरगंज उपमहानगरपालिका वडा नं. ११ माइस्थान स्कूल अगाडि रहेको उमेश अग्रवालको घरमा अज्ञात समूहले बम विस्फोट गराएको छ । ७ जेठको राति करिब ११ बजे अग्रवालको घरको दोश्रो तल्लाको हलमा पडकाइएको बम प्रभावकारी रहे पनि मानवीय क्षति भने नभएको बताइयो ।

    घटनाको दश मिनेट भित्र पुगेको सिआरभी प्रहरी गस्ती भ्यानमा प्रहरी इन्चार्जले घटनास्थलको छानबिनपश्चात् आवश्यक अनुसन्धानका लागि घरधनी उमेश अग्रवाल र

    सोही घरमा परिवारसहित डेरा गरी बसेका रामेश्वर अग्रवाललाई मेडिकल चेकअप गर्राई जिल्ला प्रहरी कार्यालय लगिएको थियो ।

    बम विस्फोट भएको स्थानमा छानबिन गर्दा प्रहरीले विस्फोट भएको बममा प्रयोग भएका फलामे बैरिङका टुक्रा, सिल्भर पातासमेत फेला पारेको थियो । हिरासतमा लिएको अग्रवालद्वयलाई आवश्यक छानबिन पश्चात दोश्रो दिन जिल्ला प्रहरी कार्यालय, पर्साले छाडेको छ ।

    0 comments: