क्याम्पस तोडफोड
मुकेश वस्नेत, वीरगंज /ठाकुरराम बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले पठनपाठन नभएको भन्दै क्याम्पस प्रशासन तोडफोड गरेका छन् । ८ जेठको बिहान प्राध्यापक संघ ठाराबका प्राध्यापकहरुले कलम बन्द गरी पठनपाठन अवरुद्ध पारेको विरोध गर्दै विद्यार्थीहरुले तोडफोड गरेका हुन् ।
केही दिन अघि स्ववियु ठाराब सभापति बैकुण्ठ श्रीवास्तव लगायत केही विद्यार्थीहरुको समूहले क्याम्पस प्रमुखमाथि अभद्र व्यवहार गरेको भन्दै प्राध्यापकहरुले पेन डाउन गरी पठनपाठन अवरुद्ध पार्दै आएका थिए ।
यसैबीच नेपाल विद्यार्थी संघ ठाकुरराम बहुमुखी क्याम्पस इकाइ समितिका अध्यक्ष मनोहरकुमार साहले प्रेस विज्ञप्ति जारी गरी स्ववियुका
पदाधिकारीहरुद्वारा प्राध्यापकमाथि दुर्व्यवहार गरेको बहानामा क्याम्पस प्रमुख र प्राध्यापक संघले गैरजिम्मेवार रुपमा क्याम्पसको पठनपाठन प्रभावित गर्ने उद्देश्यले कलम बन्द कार्यक्रम गरेकोमा गम्भीर ध्यानाकर्षण गराएको छ । विज्ञप्तिमा पठन पाठन अवरुद्ध भएको विरोधमा आक्रोशित विद्यार्थीहरुले सहायकम्पस प्रमुख र कर्मचारी कक्षमा गरेको तोडफोडप्रति खेद व्यक्त गर्दै स्ववियू र क्याम्पस प्रमुख बीचको आपसी विवादलाई अनावश्यक रुपमा विद्यार्थीहरुको पठनपाठनलाई नै प्रतिकूल असरपार्ने नियतले प्राध्यापक संघले गरेको हुदा गैरजिम्मेवार क्रियाकलापका कारण क्याम्पस प्रमुख पदमा बस्न नैतिकताले नदिने हुदा क्याम्पस प्रमुखको राजीनामा माग गरेको छ ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment