वीरगंज, १३ पुस/ विद्युतको माग बढ्दै गएपछि र नेपालका नदीनाला सुक्दै गएपछि भोलिदेखि नेपाल विद्युत प्राधिकरणले हप्ताको ८२ घण्टा लोडसेडिङ उपहार टक्रयाउने भएको छ ।
विद्युत प्राधिकरण्ँका अनुसार हप्ताको ६ दिन १२ घण्टा र एक दिन १० घण्टा लोडसेडिङ हुने भएपछि नेपाली जनताले प्राधिकरणलाई धन्यवादबाहेक अरु केही दिन सकेका छैनन् । आलोचना पनि कति गरुन् ।
दैनिक १ करोड ८ लाख युनिट भन्दा बढी माग बढेपछि अहिले ७० लाख युनिट मात्र विद्युत उत्पादन हुने गरेको प्राधिकरण्ँले जनाएको छ । दैनिक ९ लाख युनिट विद्युत उत्पादन भइ रहेको कुलेखानीमा पानी घटेपछि पचास प्रतिशत भन्दा बढी उत्पादन घटेको बताउंदै कोशीको क्षतिका कारण्ँ भारतबाट आयात गरिएको करिब ६५ मेघावाट विद्युत आपूर्ती आयात गर्न नसकिएको विभिन्न संचारमाध्यमले जनाएको छ ।
यसैवीच राजधानीमा आजदेखि लघु जलविद्युत आयोजनाका संभावनाबारे वृहत छलफल गर्न दुइ दिने सम्मेलन शुरु भएको छ । सम्मेलनमा लघु जलविद्युत आयोजना निर्माण्ँका सम्बन्धमा देखिएका नितीगत समस्याका विषयमा छलफल हुने बताइएको छ ।
अहिले देशभर रहेका लघु जलविद्युत आयोजनाबाट १४ मेगावाट विद्युत उत्पादन भएको बैकल्पिक पर््रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक डा. गोविन्द पोखरेलले जानकारी दिए ।
हतियारसहित एकजना पक्राउ, दुइ फरार
रौतहट, १३ पुस/ हतियारसहित प्रहरीले एकजनालाइ पक्राउ गरेको छ भने दुइजना फरार भएको जनाएका छन् ।
प्राप्त समाचार अनुसार गरुडा गाविस महम्मदपुरनिवासी १८ वषर्ीय वीरेन्द्रराय यादवलाई थ्री फिप्टीन बन्दुक र १ राउण्ड गोलीसहित रौतहट प्रहरीले पक्राउ गरेको हो ।
श्रीराम सुगर मिल, गरुडामा लुटन आएका तीन जना मध्ये दुइ फरार भएको रौतहट प्रहरीले जनाएको छ ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment