तराइमा अपराधिक गतिविधि गर्नेलाई तह लगाउंछु

Posted on
  • Dec 29, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, १४ पुस/ संयुक्त जनतान्त्रिक तराइ मुक्ति मोर्चाका वार्ता टोली संयोजक संजयकुमार गुप्ता -कौटिल्य)ले क्रान्तिको नाममा तराइमा अपराधिक गतिविधि गर्नेहरुलाई तह लगाउने चेतावनी दिएका छन् ।
    आज बिहान वीरगंजको वृन्दावन क्याफेमा मधेश मिडिया मिसन पर्साद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संयोजक कौटिल्यले सशस्त्र संर्घष्ारत समूहहरुलाई पर्ूण्ा राजनीति धारमा ल्याउनुपर्ने चुनौती रहेको बताए ।
    मधेश मिडिया मिसन पर्सर्ाा आज वृन्दावन क्याफेमा आयोजित पत्रकार सम्मेलनमा सरकारसंग वार्तामा बसिरहेको संयुक्त जनतान्त्रिक तर्राई मुक्ति मोर्चा मध्य कमाण्ड क्षेत्र -जनकपुर-चितवन) का कमान्डर कौटिल्य शर्माले तर्राई मुक्ति आन्दोलन सशस्त्र संर्घष्ाको आवश्यकतालाई परिपर्ूर्तिका लागि बाध्य भएर हतियार उठाइएको हो भने ।
    उनले भने -ँहाम्रो राष्ट्रियता नेपाल होइन तर्राई हो । तर्राईबासी मुक्तिकामी जनताको आवाजलाई सशक्त ढंगले माथि उचाल्ने एकमात्र संगठन संयुक्त जनतान्त्रिक तर्राई मुक्ति मोर्चा हो ।’
    उनले हामी सौखले होइन । मानव अधिकारको ग्यारेन्टीका लागि, मानवताको सर्वोत्तम सेवाका लागि हतियार उठाइएको हो । यस्को इतिहासले समीक्ष्ँा गर्छ । हामी क्रान्तिकारी हौं । तिरस्कार र दमन कटाउन हतियार उठाएका हौं, कसैको अपमान गर्न होइन’ भने ।
    कौटिल्यले संयुक्त जनतान्त्रिक तर्राई मुक्ति मोर्चाको गठनपश्चात आफनो आजादीका लागि लड्ने हक र कर्तव्य लिएर धेरै संगठनको उदय भयो । सशस्त्र संग्रामलाई बदनाम गर्न नकारात्मक सूचना प्रयोजित रुपमा प्रचारित र प्रशारित भए । हाम्रो एउटै सशक्त माग छ नेपाली शासक तर्राई छाडे, छोड्नु पर्दछ भनी चेतावनी दिए ।
    कौटिल्य शर्माले क्रान्तिकारी नैतिकताका साथ मुक्ति संग्राम गरिरहेका छौं । यसको ठोस परिस्थिति अनुसार ठोस निष्कर्षा पुग्नु पर्दछ । अहिले हामी सरकारसंग वार्ताको टेबुलमा बसिरहेका छौं, हाम्रा केही नैतिकता र सीमालाई जोगाएर साक्षात्कार कार्यक्रममा केही पार्टर्ीी भनाइ राखेको बताए ।
    उनले नेपाली राज्य सत्ता व्यवस्था टिकाउन दमन गरिरहेको छ भने हामी तर्राईको अवस्थाका बारेमा लडीरहेका छौं भन्दै पर्सर्ााजल्लाका प्रहलाद गिरी ँपवन’ को कुशल नेतृत्वमा सशक्त संग्रामको पर्ूण्ा व्यवस्थित गर्ने संकल्प आफूहरुले लिएको बताए ।
    उनले भने क्रान्तिका नाममा भ्रान्ति फैलाउनेलाई सफाया गर्नेछौं । हामीले युद्धको घोषणा गरेका छैनौं, युद्धको तयारी गरिरहेका छौं । सच्चा क्रान्तिकारीको नाताले केन्द्रीय कमाण्डको तर्फाट नक्कली क्रान्तिकारी विरुद्ध युद्धको घोषणा गर्न चाहन्छु ।’
    उनले जनताको नाममा भइरहेको अपराधलाई बन्द गरेर राजनीतिक संर्घष्ा नगरे तर्राईबासीले कहिले पनि अधिकार प्राप्त गर्न नसक्ने विचार व्यक्त गरे । जसले जति बढी हत्या गर्छ उसलाई त्यति नै ठूलो पार्टर्ीीन्ने प्रवृत्तिको अन्त्य गर्न आग्रह गर्दै कौटिल्यले क्रान्तिको आधारमा युवा नेताको मूल्याङकन गर्नुपर्नेमा जोड दिए । आफूहरु कुनै किसिमको साम्प्रदायिकताको पक्ष्ँमा नजाने प्रतिबद्धता व्यक्त गर्दै अपराधिक प्रवृत्तिमा लागेकाहरुले अपराध नत्यागे सरकारसंगको वार्ता भंग गरेर उनीहरुलाई सिध्याउन आफू पछि नपर्ने चेतावनी समेत दिए ।
    केही पत्रकार र सुरक्षाकर्मीले भूमिगत संगठन जन्माएको आरोप लगाउंदै कौटिल्यले भने- ँ१८ हजारमा पाइने ५ वटा कटुवा पेस्तोल र २० थान गोली लिनेहरुले अहिले तराइका क्रान्तिकारी कहलाउन थालेका छन् । यो ज्यादै दुःखद कुरा हो ।’
    पत्रकार सम्मेलनमा मोर्चाका वार्ता टोली सदस्य रविदत्त मिश्र र गुलाम सरोज शेखको उपस्थिति थियो ।

    अन्तर रेडियो प्रतियोगितामा गढीमाइ विजयी

    वीरगंज, १४ पुस/ गढीमाइ एफएम ९१.४ मेघाहर्जले आफनो वाषिर्कोत्सवको अवसरमा आयोजना गरेको अन्तररेडियो मैत्रीपर्ूण्ा फूटबल प्रतियोगिताको फाइनल खेलमा आयोजक विजयी भएको छ ।
    आज बिहान वीरगंजको आदर्शनगर रंगशालामा गढीमाइ एफएम र रेडियो वीरगंजबीच भएको फाइनल खेलमा ०-२ दर्ुइ गोलले गढीमाइ एफएम विजयी भएको हो ।
    गढीमाइ एफएमका सुदीप पौडेल र मनिष पौडेलले १-१ गोल गरेका थिए ।
    गढीमाइ एफएमका क्याप्टेन मनिष पौडेललाई प्रथम पुरस्कार र रेडियो वीरगंजलाई दोस्रो पुरस्कार सभासद् रामचन्द्र प्यासीले पुरस्कार वितरण गरेको ज्ञानेन्द्र मिश्रले बताएका छन् ।

    0 comments: