
वीरगंज, ७ चैत/ लायन्स क्लब अफ वीरगंजको आयोजनामा निशुल्क एक्युप्रेसर कार्यक्रम पर्सा कारागारमा संचालन भइरहेको छ।
एक्युप्रेसर विशेषज्ञ श्यामबाबाले कारागारका बन्दीहरुलाई एक्युप्रेसर पद्धतिद्वारा रोगहरुको उपचार गरिरहेका छन्। कार्यक्रममा आजसम्म २ सय भन्दा बढीले फाइदा लिइसकेका छन्। कारागारका बन्दीहरुको पुरानो भन्दा पुरानो दुखाइ ठिक भएको कैदीबन्दीहरुले जानकारी गराएका छन्।
उक्त कार्यक्रमपश्चात र्सवसाधारणको लागि लायन्स क्लब र्सर्भिस सेन्टरमा पुनः एक हप्ते कार्यक्रम गरिने जानकारी एक्युप्रेसर विशेषज्ञ श्यामबाबुले दिएका छन्।
0 comments:
Post a Comment