अपडेट
वीरगंज, २४ फागुन/ वीरगंजको युवा फोटो पत्रकार स्व. सुवोध सिंहको स्मृतिमा आज वीरगंजस्थित आदर्शनगर रंगशालामा आयोजित क्रिकेट प्रतियोगिमा बैर्ंकर्स एसोसिएसन, वीरगंज उद्योग वाणिज्य संघ र नेपाल पत्रकार महासंघ पर्सा विजयी भएको छ।
स्व. सिंहका पिता श्याम सिंह र पत्रकार महासंघका केन्द्रीय सदस्य महेश दासले संयुक्तरुपमा उदघाटन गर्नुभएपछि सुरु भएको पहिलो खेलमा बैर्ंकर्स एसोसिएसनले पहिलो व्याटिङ गर्दै ८० रन बनाएको थियो। प्रतिउत्तरमा विजाम र रिहायब सेन्टर सम्पर्ूण्ा विकेट गमुाएर ७४ रन मात्र जोडन सफल भएकोले ६ रनले पराजित हुन पुग्यो। यसैगरी दोश्रो खेलमा पहिलो व्याटिङ गरेको वीरगंज जेसीजले १०६ रन जोडेको थियो। १०७ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको वीरगंज उद्योग वाणिज्य संघले ९३ ओभरमा १०७ रन बनाएर विजयी भएको थियो।
यसैगरी आजको अन्तिम तेश्रो खेलमा पत्रकार महासंघ पर्साले र्सर्ूय नेपाललाई ९९ रनले पराजित गरेको थियो। पहिलो व्याटिङ गरेको महासंघले निर्धारित १२ ओभरमा १९१ रन बनाएको थियो भने र्सर्ूयनेपालले सम्पर्ूण्ा ओभरमा केवल ९२ रन बनाएको थियो। पत्रकार महासंघको तर्फाट सुदीप पौडेलले १२४ रन बनाएका थिए भने भूषण यादवले ४० रन सहित ३ विकेट चटकाएर ह्याटि्रक गरेका थिए।
आजको खेलमा विजामका रुपेश जैसवालले वीरगंज उद्योग वाणिज्य संघका अनिलकुमार र पत्रकार महासंघका सुदीप पौडेल म्यान अफ दि म्याच घोषित भएका थिए।
0 comments:
Post a Comment