
वीरगंज, ६ चैत/ नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय उपाध्यक्ष विनोदकुमार शर्माले ४१ औं पर्सा जिल्ला सभाको उद्घाटन गरेका छन्।
आज स्थानीय वीरगंज उद्योग वाणिज्य संघको हलमा रेडक्रस पर्साका सभापति श्याम पोखरेलको सभापतित्वमा सम्पन्न ४१ औं सभामा जीतेन्द्रपुरुष ढकाल, बिना चौलागाईलगायतले बोलेका थिए। सो समारोहमार् इश्वरचन्द्र गौतम र नेपाल रेडक्रस सोसाइटी पर्साका कर्मचारी लक्ष्मी राउतलाई केन्द्रीय उपाध्यक्ष विनोदकुमार शर्माले प्रशंसापत्र प्रदान गरी सम्मान गरेका थिए।
कार्यक्रममा आव ०६४/६५ को वाषिर्क प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको र स्मारिका समेत प्रकाशन गरि वितरण गरिएको थियो।
0 comments:
Post a Comment