आगलागीमा १५ घर जलेर नष्ट

Posted on
  • Feb 28, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, १७ फागुन। पर्साको सुवर्ण्ँपुर गाविसमा आगलागी हुंदा १५ घर जलेर
    नष्ट भएको छ। आज दिउंसो सो गाविसको वडा नम्बर ६ बागमोर्चा बजारबाट
    सल्किएको आगोमा करिब ६ लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले
    जनाएको छ। कुलबहादुर श्रेष्ठको घरबाट सल्केको आगोले सुरेश महत्तो,
    वीरबहादुर घिसिङ, कर्ण्ँबहादुर र्राई, एक बहादुर श्रेष्ठ, रामबहादुर
    श्रेष्ठ, वीरबहादुर गुरुङ, दिलबहादुर गुरुङ, निरबहादुर श्रेष्ठ, जगदीश
    साह, लालबाबु सुनुवार, तेजबहादुर जिरेलको घर जलेर नष्ट भएको प्रहरीले
    जनाएको छ।
    गाउ"ले, प्रहरी, सशस्त्र प्रहरीको सहयोगमा करिब तीन घण्टापछि आगलागी
    नियन्त्रण्ँमा लिइएको सीमा सुरक्षा बलका प्रहरी निरीक्षक राजसिंह बोरोले
    जानकारी दिनुभयो। आगलागी नियन्त्रण्ँमा लिन कुन्ती कार्की, भक्तबहादुर
    जिरेल, जीतबहादुर मगरको घर भत्काइएको छ भने सदरमुकाम वीरगंजबाट गएको
    वारुण्ँ यन्त्रले सो आगलागीलाई नियन्त्रणमा लिएको थियो।

    वीरगंज-कोलकाता सुख्खा बन्दरगाह सात दिनका लागि बन्द

    वीरगंज,१७ फागुन / पर्साको अलौं गाविसस्थित सिर्सिया ड्राइपोर्ट र
    कोलकाता बन्दरगाहबीचको माल ढुवानी रेल सेवा केही दिनका लागि बन्द भएको छ।
    शुक्रवार भारतको कोलकाता-वीरगंज रेल्वे लाइनलगायत विभिन्न भौतिक
    प्र्ूवाधारहरुको मर्मत गर्नुपर्ने कारण्ँ देखाउ"दै सात दिनका लागि
    रेलमार्गबाट मालसामानको ढुवानी रोक्नुपरेको सिर्सिया सुख्खा बन्दरगाह
    सञ्चालक संस्था कोंकर इन्डियाको कोलकातास्थित क्षेत्रीय कार्यालयले
    जानकारी दिएको छ।
    क्षेत्रीय कार्यालयका सञ्जीव साहले सो बेहोराको लिखित जानकारी वीरगंज
    उद्योग वाण्ँिज्य संघलाई गराएको र वीउवासंघका अध्यक्ष गण्ँेश लाठले सात
    दिनसम्म रेल सेवा बन्द रहने पत्र पठाएको पनि जानकारी दिनुभएको छ।
    सात दिनमा सबै मर्मत कार्य पूरा गरिसकेपछि २३ फागुनबाट कोलकाता-सिर्सिया
    सुख्खा बन्दरगाहको रेल्वे ढुवानी सेवा सुचारु हुने जनाइएको छ।

    0 comments: