वीरगंज, ९ पुस/ हिमाल खबर पत्रिकाको कार्यालयमा तोडफोड र सोविरुद्ध उत्रिएका संचारकर्मीमाथि भएको आक्रमणको विरोधमा आज नेपाल पत्रकार महासंघ बाराको अगुवाइमा कलैयामा विरोध जुलुस र सभा सम्पन्न भएको छ ।
तीन दर्जन पत्रकारहरुको जुलुसले संचारकर्मीमाथी माओवादी ज्यादती बन्द गर, प्रेस र संचारकर्मीमाथिको आक्रमण बन्द गर, सुरक्षाको ग्यारेण्टी गर जस्ता नारा लगाउंदै नगर परिक्रमा गरेका थिए । नगर परिक्रमा पश्चात भरत चोकमा सम्पन्न कोण सभामा महासंघ शाखाका अध्यक्ष गुरुप्रसाद गौतमले घटनाको निन्दा गर्दै घटनाको न्यायीक छानविन र दोषी माथि कारवाही नभए आन्दोलनमा उत्रने चेतावनी दिए ।
सभामा मेची महाकालीका अध्यक्ष भोजराज भट्टराइ, रिपोर्टस क्लब बाराका अध्यक्ष रमेश सुवेदी, प्रेस चौतारीका ओम प्रकाश ठाकुर, प्रेस युनियनका अध्यक्ष रविन्द्र सिंह, क्रान्तिकारी पत्रकार संघका महेश्वर अधिकारी, महासंघका सचिव लक्ष्मि साह लगायतले बोलेको थियो । सो घटनाको विज्ञप्तीमार्फ महासंघ बाराले निन्दा समेत गरेको छ ।
यसैविच महासंघ बाराका अध्यक्ष गुरुप्रसाद गौतमले विज्ञप्ती जारी गर्दै वीरगंजबाट प्रकाशित हुने अंकुश दैनिक पत्रिकाको आगजनीको भर्त्सना गर्दै दोषी माथि कारवाहीको माग गरेका छन् ।
यसैगरी पाल्पाबाट सुरेशकुमार अर्यालले पठाएको समाचार अनुसार प्रेस र अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै पाल्पाली पत्रकारहरुले तानसेनमा कालो पट्ट िवांधेर पर््रदशन गरेका छन् ।
नेपाल पत्रकार महासंघ पाल्पाको आह्वानमा हिमाल मिडिया र पत्रकारमाथि भएको आक्रमण र शान्तिपर्ूण्ा पर््रदशनमाथि भएको हस्तक्षेपको विरोधमा पत्रकारहरुले कालो पट्टी बांधेर विरोध पर््रदशन गरेका हुन् । प्रेस स्वतन्त्रता बहाली गर, अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर, लोकतन्त्रको सम्मान गर जस्ता नारा लगाउंदै महासंघको कार्यालयबाट शुरु भएको र्याली शितलपाटीमा पुगेर सभामा परिणत भएको थियो । सभामा प्रेस स्वतन्त्रता सेनानी तथा वरिष्ठ पत्रकार मेघराज शर्माले सरकारले प्रेस स्वतन्त्रताको रक्षा गर्न नसक्दा मुलुकमा दण्डहीनता र मिडिया तथा पत्रकारमाथि आक्रमण वढेको वताए । पत्रकार महासंघका पर्ूव सभापनि झपेन्द्र गहिरेले प्रेसमाथि धावा वोलेर सरकारले आफना दिन गन्ति शुरु गरेको धारणा व्यक्त गर्नुभयो । सभामा सामुदायिक रेडियो प्रशारक संघका पर्ूव उपाध्यक्ष गुणाकर अर्याल्ाले लोकतन्त्र र प्रेस स्वतन्त्रताको उपहास हुने गरि भएका आक्रमणको निन्दा गरे ।
विरोध पर््रदशनमा ऐक्यवद्धता जनाउंदै नेपाल्ाी कांग्रेसका जिल्ला सभापति राजन प्रसाद पन्त, नेकपा एमालेका उपसचिव यादव बहादुर रायमाझि, राष्ट्रिय जनमोर्चाका सचिव सोम कुमार कार्की, नागरिक समाज पाल्पाका सदस्य केशवराज शर्मा, बार एशोसिएशनका सचिव बलभद्र खनाल, मानवअधिकारकर्मी दर्ुगा न्यौपाने र शंकर भण्डारी लगायतले लेख्ने कलम र वोल्ने मुख बन्द गरेर अघोषित प्रतिवन्धका विरुद्ध एकतावद्ध हुन आग्रह गर े । कार्यक्रम शाखा सभापति भगवान भण्डारीको अध्यक्षतामा चलेको थियो ।
यसैवीच हिमाल मिडियाको कार्यालयमा गत पुस ६ गते आइतबार एक उछृङ्खल समूह प्रवेश गरी कार्यालय तोडफोड र पत्रकार तथा कर्मचारीहरुमाथि शारीरिक आक्रमण गरेको घटनाप्रति मानवअधिकार तथा लोकतान्त्रिक नेपाली मच, अष्टे्रलियाको गम्भीर ध्यानाकर्षा भएको छ । मिडियामाथि भएको यसखालको आक्रमणले नेपालको स्वतन्त्र प्रेसमाथि ठाडो हस्तक्षेप र अभिव्यक्तिको स्वतन्त्रताविरुद्धको आक्रमणका रुपमा लि“दै त्यसको कडा शब्दमा भर्त्सना गर्दछ । मानवअधिकार तथा लोकतान्त्रिक नेपाली मच, अस्टे्रलिया सो घटनाको चा“डोभन्दा चा“डो अनुसन्धान गरी दोषीलाई कडा कारबाही गरी सचारमाध्यम र सचारकर्मीको सुरक्षाको प्रत्याभूति दिन नेपाल सरकारस“ग जोडदार माग अध्यक्ष रमेश पाण्डेले गरेका छन् ।
भक्तपुरमा पत्रकारद्वारा धर्ना
काठमाडौं, ९ पुस/ प्रेसमाथि आक्रमणको विरोधमा भक्तपुरका पत्रकारहरुले सडकमा कलम, कापी, क्यामरालगायत संचारसामाग्री राखेर धर्ना दिएका छन् । ९ पौषमा उनीहरुले मुख्य सडकमा धर्ना दिएका हुन् ।
आधा घण्टाको धर्नामा रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले प्रेसमाथि आक्रमण नरोकिए र सरकारले संचारकर्मीको सुरक्षाको प्रत्याभूती नदिए आइतबारबाट आमरण अनसन बस्ने बताए । उनले सरकारले पत्रकारको सुरक्षा दिन नसके आफूहरु हतियार बोकेर आफ्नो सुरक्षा आफै गर्न वाध्य हुने बताए । हिमालमिडिया हुदे कान्तिपुर र अन्य संचारगृहमाथि आक्रमण शुरु भएको भन्दै धमलाले भर्त्सना गरे । उनले प्रेसको सुरक्षा गर्न नसके सरकारको औचित्यमाथि प्रश्न उठ्ने बताए । धर्नामा नेपाल पत्रकार महासंघख भक्तपुर शाखाका सभापति नारायण किलम्बु, सचिव गणेश शाही, पत्रकार गजेन्द्र तिमिलालगायतले प्रेस स्वतन्त्रताका लागि सडक संर्घष्ा गर्न पछि नपर्ने बताए ।
नेपाली जनसर्म्पर्क समिति हङकङको अधिवेशन सम्पन्न
हङकङ, ९ पुस/ नेपाली जनसर्म्पर्क समिति हङकङको महाधिवेशन सम्पन्न, इश्वर खांणको अध्यक्ष चयन नेपाली जनसर्म्पर्क समिति हङकङको अधिवेशन सम्पन्न भएको छ ।
नेपाली कांग्रेसका उपसभापति प्रकाशमान सिंह र युवा नेता गगन थापाको प्रमुख आतिथ्यमा २१ डिसेम्बरमा सम्पन्न अधिवेशनले इश्वर खांणको अध्यक्षतामा नयां कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा रामली र्राई र रक्षा गुरुङ चयन भएका छन् । महामन्त्रीमा वसन्त श्रीनेद, कोषाध्यक्षमा राम गुरुङ र सदस्यहरुमा यम मल्ल र दर्ुगा मल्ल चयन भएका छन् । १७ सदस्यीय कार्यसमितिमा बांकी सदस्यहरुको मनोनयन १५ दिनभित्र गरिने अध्यक्ष इश्वर खांणले बताए । अध्यक्ष चयन भएपछि बोल्दै खाणंले हङकङमा रहेका प्रवासी नेपालीहरुको हकहित र नेपालको लोकतन्त्रलाई सुदृढ बनाउन अहोरात्र काम गर्ने बताए । संविधान निर्माण र लोकतन्त्रको सुदृढीकरणमा हङकङमा रहेका नेपालीका तर्फाट सक्दो सहयोगका लागि सक्रिय हुने उनको भनाई थियो । नेपाली कांग्रेसका उपसभापति प्रकाशमान सिंहले लोकतन्त्रमाथि आक्रमण हुनथालेको भन्दै प्रवासी नेपालीहरुले आफ्नो स्थानबाट सशक्त भूमिका निभाउनुपर्ने बताए । नेपालको शान्ति र विकासमा प्रवासी नेपालीलाई सामेल बनाउन आफूहरुले माहोल बनाउन योगदान पुर्याउने बताए । युवा नेता गगन थापाले तोकिएको समयभित्रै संविधान निर्माणमा नेपाली कांग्रेसले अग्रणी भूमिका निभाउने बताए । संविधान निर्माणमा प्रवासी नेपालीको भूमिकालाई प्रभावकारी बनाउन वातावरण बनाउन आफूले संविधानसभामा कुरा उठाउने बताए ।
अग्रवाललाई पार्टर्ीीट निष्काशन
काठमाडौं, ९ पुस/ जनता दलद्वारा सभासद डा.अग्रवाललाई सभासद र पार्टर्ीीट निष्काशन नेपाली जनता दलले आफ्ना सभासद डा.विश्वनाथ प्रसाद अग्रवाललाई पार्टर्ीीट निष्काशन गरेको छ ।
आज रिपोर्र्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी जनता दलका अध्यक्ष हरिश चरण साहले पार्टर्ीीतविपरित काम गरेको भन्दै अग्रवाललाई संविधानसभा सदस्यबाट खारेज गर्न संविधानसभाका अध्यक्ष सुभाषचन्द्र नेम्वाङलाई पत्र पठाएको खुलासा गरेको छ । साहले अग्रवालले पार्टर्ीीे मूल्य मान्यताविपरितको काम गरेकाले संविधानसभा सदस्यबाट निष्काशन गरेको बताएका छन् । 'अग्रवालले पार्टर्ीीे निर्ण्र्ाावरुद्ध काम गरेकाले निष्काशन गर्नुपर्ने अवस्था आएको हो ,' साहले भने । पार्टर्ीीे ४१ सदस्यीय कार्यसमितिमा ९५ प्रतिशत केन्द्रीय सदस्य सहभागी बैठकले अग्रवाललाई निष्काशन गरेको जनाइएको छ । संविधानसभामा नेपाली जनता दलको दर्ुइजना सदस्यको सहभागिता छ ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment