रिलिफ सोसाइटीको स्थापना

Posted on
  • May 20, 2008
  • by
  • mukesh
  • in
  • मुकेश वस्नेत, वीरगंज/रिलिफ सोसाइटी अफ कमर्सको स्थापना तथा १७ औं वार्षिक समारोह सम्पन्न भएको छ । ७ जेठमा समारोहलाई सम्बोधन गर्नुहुदै वक्ताहरुले रिलिफ सेसाइटी अफ कमर्स वीरगंजले सामाजिक सेवामा पुर्‍याएको योगदान प्रशंसनीय रहेको जोड दिनुभयो ।
    सो समारोहमा स्व. फोटो पत्रकार सुबोध सिंहको स्मृतिमा स्थापना गरेको कोषको वृद्धिको लागि रिलिफ सोसाइटीका अध्यक्ष विहारीलाल लाठले प्रतीक दैनिकका सम्पादक जगदिशप्रसाद शर्मालाई ५१०० को चेक प्रदान गर्नुभएको थियो ।
    रिलिफ सोसाइटी अफ कमर्सका अध्यक्ष बिहारीलाल लाठले सभापतिको आशनबाट सो समारोहमा स्वागत अभिवादन गर्नुहुदै स्वास्थ्य तथा कान, नाक, घाटीसमेतको प्राथमिक उपचारको व्यवस्था यथाशीघ्र निर्माण कार्य गर्ने बताउनुभयो ।
    चार वर्षका लागि र्सवसम्मतिबाट रिलिफ सोसाइटीको उपाध्यक्षमा गोपालजीप्रसाद र सचिवमा यादव उपाध्याय चयन हुनु भएको घोषणा निर्वाचन
    अधिकृत एवं अधिवक्ता बालमुकुन्द खरेलले गर्नुभएको थियो ।रिलिफ सोसाइटी अफ कमर्सले उद्योगपति, व्यापरी करदाताहरुलाई कर परामर्श सेवाका साथै रिलिफ हेल्थ क्लिनिक तथा प्राथमिक कानुन उपचार केन्द्र संचालन, अपांगहरुलाई रिक्सा वितरण, रिलिफ सन्देश प्रकाशन, कान, नाकको निशुल्क शिविर संचालन जस्ता सेवा प्रदान गर्दै आइरहेको छ ।

    0 comments: