काठमाडौं, १२ पौष । रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले श्रमजीवी पत्रकार ऐन तत्काल कार्यान्वयन नभए आन्दोलनमा जाने चेतावनी दिएका छन् । रिपोर्र्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरी उनले आफू पत्रकारहरुको हकहितका लागि आमरण अनसन बस्ने समेत बताए ।
आइतबारबाट आमरण अनसन बस्ने भनेपनि प्रधानमन्त्री प्रचण्ड, नेकपा एमालेका महासचिव झलनाथ खनाल, नेपाल पत्रकार महासंघका सभापति धर्मेन्द्र झाले पत्रकारहरुको माग पूरा गर्नेबारे छलफल सकारात्मक मोडमा पुगेको बताएर अनसन स्थागित गर्न आग्रह गरेबमोजिम आफूले पर्ख र हेरको नीतिबमोजिम अनसन स्थगित गरेको बताए । उनले भने,'एक हप्ताभित्र श्रमजीवी पत्रकार ऐन कार्यान्वयन, पत्रकारको सुरक्षाको ग्यारेन्टी, प्रेसमाथि आक्रमण गर्नेमाथि कारबाही नभए अनसन बस्नुको विकल्प छैन ।' सरकारले माग पूरा गर्ने संकेत दिएबाट आफू आशावादी भएको भन्दै विगतमा जस्तै प्रतिवद्धता जनाउने र कार्यान्वयन नगर्ने व्यवहार देखिए कडा भन्दा कडा संर्घष्ामा जाने चेतावनी दिए । उनले कान्तिपुर दैनिकको प्रकाशनमा अवरोध पुर्याउनुलाई प्रेस स्वतन्त्रताको हनन भने । कान्तिपुरमा भएको अवरोध तत्काल हटाउन सम्बन्धित पक्षलाई आग्रह गर्दै वार्ताबाट समस्याको समाधान गर्नुपर्ने बताए । पत्रिकानै प्रकाशन हुन नदिनुले प्रेस स्वतन्त्रतामाथि प्रहार भएको ठहर्ने बताए । उनले अंकुश दैनिकमाथि आक्रमण गर्नेमाथि कडा कारबाहीका अलावा एफएफहरुमाथि आक्रमण गर्न खोज्नेलाई कारबाही नगरे सशक्त रुपमा प्रस्तुत हुने बताए ।
सरकारले प्रेसमाथि आक्रमण गर्नेमाथि कारबाही थालेबाट आशावादी भएको बताए । उनले भने,'सरकारले हिमाल मिडियामाथि आक्रमण गर्नेहरुमाथि कारबाही थालेर सकारात्मक कदम चालेको छ ।'
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment